काठमाडौं १२ भदौ
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएका छन् ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ ७ गते भारत गएका थिए । "/>

भ्रमणले देशको शिर उँचो बनाएको छ : प्रधानमन्त्री

भ्रमणले देशको शिर उँचो बनाएको छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १२ भदौ
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएका छन् ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ ७ गते भारत गएका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उँचो बनाएको बताए । भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयास स्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राखे ।

“के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुप¥यो, विदेशमा केही पनि नबोल्ने , अरुले भने जस्तो शिर निहुरेको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु,”–उनले भने । प्रधानमन्त्री देउवाले समग्रमा आफ्नो राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको बताएका छन् । नेपालको सामाजिक आर्थिक विकासका लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिबृद्धि हुनुका साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले भ्रमणको मूख्य प्राथमिकता नेपाल र भारतबीचको विश्वासको आधारशिलालाई मजबुत बनाउनुका साथै विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुई देश र जनताको हितमा हुनेगरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य राखिएको बताए । भ्रमणका क्रममा बाढी तथा डुबानको समस्याको शीघ्र समाधान गर्न आफूले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा राखेको स्पष्ट गर्दै प्रधानमन्त्री देउवाले सिमा क्षेत्रमा हुने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानको दिशामा विज्ञहरुको समूहले संयुक्त निरीक्षण गरी तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको बताएका छन् । बाढी डुबानका विषयमा भारतको बिहार राज्यका मुख्यमन्त्रीसँग पनि कुरा राखेको उनको भनाई थियो । प्रधानमन्त्री देउवाले लामो समयदेखि अल्झिएर बसेको पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउने सहमति भएको पनि जानकारी दिए । उक्त आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यो प्रक्रियालाई टुङ्गोमा पु¥याइने उनले बताए । त्यसैगरी, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारबाट सम्झौता अनुरुपको सहजीकरणको कार्य गरिसकेको सन्दर्भमा ती आयोजनाको वित्तीय व्यवस्थापन थपिएको समयावधि भित्र सम्पन्न गर्नुपर्ने कुरामा नेपालले जोड दिएको प्रधानमन्त्रीले बताए । रासस

 

Logo