कुटपीटबाट वडाध्यक्षको मृत्यु

कुटपीटबाट वडाध्यक्षको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० भदौ । काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको छ ।

अज्ञात व्यक्तिको कुटपीटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । कोइरालाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । 

कोइराला नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा विजयी भएका थिए ।

Logo