बाढीले बगाएर भारत पुर्याएको गैडा नेपाल ल्याइयो

बाढीले बगाएर भारत पुर्याएको गैडा नेपाल ल्याइयो

केन्द्रबिन्दु
0
Shares

चितवन, १० भदौ । बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी ल्याइएको छ । 

शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपु¥याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार आज बिहान करिब ७ः३० बजे सो गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ । यससँगै बाढीले भारत पु¥याएका पाँच गैँडाको उद्धार गरी फिर्ता ल्याइएको छ । 

वाल्मीकि टाइगर रिजर्भमा अझै एक गैँडा बाढीले पु¥याएको छ । सो गैँडा ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैँडाको उद्धारका लागि गत सातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार अब बाँकी रहेको अर्को गैँडा नियन्त्रणको प्रयास आज बिहानदेखि शुरु भएको छ । गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याइन्छ जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० कर्मचारी परिचालन गरिएको छ । 
यसअघि भारतबाट चार गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो ।

Logo