काठमाडौं भदौ १०
गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दा सम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । "/>

एआईजीलाई गृहमन्त्रीको निर्देशन

एआईजीलाई गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं भदौ १०
गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दा सम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् ।
एआईजीहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समय सम्म ठाउँ ओगटेर बसेका अधिकृत र घुमुवा प्रहरीलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बताएको छ । ‘गुन्डागर्दी नियन्त्रण गर्नुस् । तपाईंहरू आफू पनि आर्थिक अनुशासन कायम गरेर बस्नुस , गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै गैरव्यावसायिक क्रियाकलाप गरेको प्रमाण पाएँ भने कडा कारबाही गर्छु । मन्त्री शर्माले एआईजीलाई निर्देशन दिएपछि प्रदेशमा प्रहरी खटाइएको बारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
अन्नपूर्णपोष्टबाट

Logo