काठमाडौँ, १० भदौ ।
नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।

नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गरेका थिए । "/>

नेपालमा ठूलो लगानी गर्न चीनको चासो

नेपालमा ठूलो लगानी गर्न चीनको चासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० भदौ ।
नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।

नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गरेका थिए । चिनियाँ मन्त्री सुहोङ सहितको चिनियाँ प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे छलफल गरेको थियो । बैठकमा मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक पूर्वाधारका परियोजनाबारे जानकारी गराएका थिए ।

उनले काठमाडौँ–स्याफ्रुबेँसी, सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी दुई लेन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराएका थिए। त्यसैगरी अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेँसी–रसुवागढी १६ किमी सडक दुई लेन बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाका खुलाउने, सिगात्से–रसुवागढी– काठमाडौँ, काठमाडौँ–पोखरा र मेची महाकाली रेल सञ्जाल विस्तारबारे लगानी गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गरेका थिए । उपयुक्त आयोजनामा चिनियाँ पक्ष लगानी गर्न सकारात्मक भएको छ ।

चिनियाँ मन्त्री युआनले हालसम्म चीनले नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी रेल्वे सञ्जाल, ठूला राजमार्ग जस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी गर्ने बताए । उनले चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला आयोजनामा लगानी गर्न नेपाल सरकारसँग ठोस प्रस्ताव मागेका थिए । चिनियाँ पक्षले पूर्वाधार विकासमा लगानी, लगानी सुरक्षित सम्बन्धी कानुनी अवस्थाबारे जानकारी लिनाका साथै विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको सुपरिवेक्षण र अनुगमन सम्बन्धी कानुन बुझ्न नेपाल आएको मन्त्रालयले जनाएको छ । रासस

 

Logo