हैदरावाद (भारत) १० भदौ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद पुगेका छन् । "/>

प्रधानमन्त्री हैदरावादमा

प्रधानमन्त्री हैदरावादमा

केन्द्रबिन्दु
0
Shares

हैदरावाद (भारत) १० भदौ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद पुगेका छन् ।

भ्रमणको तेस्रो दिन हिजो उनी नयाँ दिल्लीबाट विशेष चार्टर विमानमार्फत हैदरावाद पुगेका हुन् । प्रधानमन्त्री देउवा राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा तेलंगना राज्यका उपमुख्य मन्त्री र यस राज्यका प्रमुख सचिवले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाको नेतृत्वको प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्र नारायण देव, सांसद र उच्च पदस्थ अधिकारी सहभागी छन् । हिजो बिहान नयाँ दिल्लीबाट प्रस्थान गर्नुअघि प्रधानमन्त्रीसँग भारतका विभिन्न राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गरेका थिए ।

हैदरावाद पुगेपछि प्रधानमन्त्री देउवाले हैदरावादमा रहेको एक सूचना प्रविधि एवं कम्प्युटर सफ्टवेयर निर्माण कम्पनी इन्फोसिस्को निरीक्षण गरेका थिए । उनले इन्फोसिस क्याम्पसको पनि भ्रमण गरेका थिए । सो कार्यक्रममा प्रधानमन्त्री देउवालाई सो राज्यले सूचना तथा प्रविधिलाई सरकारी सेवा प्रदान गर्ने काममा के कसरी राज्यका हरेक निकायहरुमा प्रयोग गरिएको छ भन्ने बारेमा जानकारी गराएका थिए । कृषि, स्वास्थ्य, यातायात, ऊर्जा लगायत क्षेत्रमा सूचना प्रविधिको कसरी प्रयोग भइरहेको छ भनी उनीहरुले जानकारी गराएका थिए । साथै उनीहरुले त्यहाँ प्रयोग भएका सूचना र प्रविधिलाई नेपालमा पनि पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्नका लागि जानकारी गराएका थिए । रासस

Logo