केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ भदौ ।
जापानको राजधानी टोकियोस्थित, फुरिन मोटेल । यो एउटा होटल हो, जसको १७ वर्षअघि नै ढोका बन्द गरिएको थियो । मानिसले यसलाई भूतघरको रूपमा चिन्ने गर्थे । त्यसै कारण यसको आसपासमा जान डराउँथे ।
तर, अहिले उक्त रहस्यमयी होटलको भित्री दृश्य बाहिर आएको छ । र, यसका लागि फोटोग्राफर बब थिसेनले जोखिम मोलेका हुन् । उनी नेदरल्यान्ड्स निवासी हुन् ।
– ‘लभ होटल’ समेत भनिने यसको भित्री साजसज्जा निकै आकर्षक देखिएको छ । शानदार कोठा छन्, जसलाई अलग–अलग थिममा सजाइएको छ ।
– केही कोठा ग्रीक थिममा र केही परम्परागत जापानी रियोकान थिममा सजाइएको छ ।
– यो होटल सञ्चालनमा हुँदा प्रतिघन्टाको हिसाबले उक्त कोठा दिइन्थ्यो । सबै कोठामा आफ्नै डाइनिङ र बाथरुम छ ।
– ओसाकामा १९६० को दशकमा मानिसहरू आफ्नो घरमा गोपनीयता अपनाउन पाउँदैनथे ।
– मासिनको यही बाध्यतालाई मध्यनजर गर्दै जापानमा लभ होटलको प्रारम्भ भयो, त्यसबेला ओसाका धेरै चर्चित थियो ।
– यस कोठामा प्रति घण्टाको दरले पैसा तिरेर प्रेमजोडी बस्न पाउँथे । रातभरका लागि पनि उक्त कोठा लिन सकिन्थ्यो ।
– अहिले पनि त्यस्ता होटलहरू जापानमा धेरै छन् । त्यसबाट वर्षमा अर्बौं कमाइ हुने गरेको छ ।
– एक अनुमानअनुसार, जापानका यस्ता लभ होटलहरूमा दैनिक १४ लाख दम्पती वा प्रेमजोडी घुम्न आउँछन् ।
(एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया