भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड

भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८ असार । भानु जयन्तीका अवसरमा काभ्रेपलाञ्चोकका ५५ वर्षीय साहित्यकार लक्ष्मण सापकोटाले लैनचोरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासस्थल लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासस्थल बखुंबहाल, ललितपुरसम्म भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड पूरा गर्नुभएको छ । 

एक हजार ४७५ किमी दौड पूरा गर्नुभएका सापकोटा आगामी चैतमा पनि ‘रामायण’ बोकेर सगरमाथाको आरोहण गर्ने तयारीमा हुनुहुन्छ । उहाँले छ हजार मि अग्ला हिमाल आरोहण गरिसक्नुभएको छ । कार्यक्रममा राष्ट्रकवि घिमिरेले ‘रामायण’का श्लोक वाचन गरी ‘रामायण’लाई सगरमाथामा पु¥याउन सफलताको कामना गर्नुभयो । दौड लैनचोर, लाजिम्पाट, भानुभक्त मेमोरियल स्कुल, शीतल निवास, बालुवाटार, टङ्गाल हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान, माइतीघर, कुपण्डोल हुँदै मङ्गलबजार पुगेर समापन गरिएको थियो । 

समापन कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्तको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको कामलाई नयाँ पुस्ताले अनुशरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भानु प्रतिष्ठानको संयोजनमा भएको उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन, मदन पुरस्कार गुठीलगायत साहित्यिक संस्थाले सहयोग गरेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिनुभयो । रासस 

Skip This
Skip This
Logo