आईएसआईएसको कब्जाबाट छुटेका थुप्रै महिलामध्ये ५ सय महिलाले यस आतंककारी संगठनलाई समाप्त गरिछाड्ने अठोट व्यक्त गरेका छन् ।
उनीहरुले यस्तो अठोट गर्दै फोर्स अफ द सन लेडीज नामक एक महिला बिग्रेड बनाएका छन् । उनीहरुले कुर्दिश लडाकूसँग मिलेर छिट्टै नै इराकी शहर मोसुललाई आईएसआईएसको कब्जाबाट छुटाउने दाबी गरेका छन् । सन् २०१४ मा यि महिलाहरु आईएसको कब्जाबाट भागेका थिए ।
कब्जामा छदाँको पिडा
–आतंककारीहरुले उनीहरुलाई यौन सामाग्रीका रुपमा प्रयोग गरेको महिलाहरुको भनाई छ । थुप्रै महिला यस क्रममा गर्भवती भएका थिए ।
– सन् २०१४ मा आईएसआईएसले मोसूल शहर कब्जामा लिएको थियो ।
– इसपछि इराकी सेनाले कुर्दिश लडाकूसँग मिलेर फेरि यस शहरलाई नियन्त्रणमा लियो ।
– तर अहिले फेरि मोसूलसहित इराकका थुप्रै शहर आईएसको कब्जामा छन् ।
५ हजार यजीदियो अपहरणमा परेका थिए ।
– अगस्ट २०१४ मा आईएसआईएसले सिन्जार सूबेमा आक्रमण गरेर झन्डै ५ हजार यजीदियोलाई अपहरण गरेको थियो । – यसमा पूरुषसँगै महिला तथा युवती र बालिकाहरु प्नि थिए । अपहरणपछि झन्डै २ हजारजना आतंककारीको कब्जाबाट भाग्न सफल भए । बचेँका थुप्रै युवतीहरुले आतंककारीले गर्ने निमर्म व्यवहारका विषयमा मुख खोलिसकेका छन् ।





























प्रतिक्रिया