रूसमा आवासीय भवनमा आगलागी हुँदा ५ जनाको मृत्यु

रूसमा आवासीय भवनमा आगलागी हुँदा ५ जनाको मृत्यु


रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ ।

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ । घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ । प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ ।

आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ । आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ ।

Logo