गायक तथा संगीतकार प्रकाश ओझा र सृजना खत्री (हाउडेमाया) को स्वरमा रहेको गीत ‘तेरो बाउ’ शुक्रबार सार्वजनिक भएको छ ।
प्रकाश ओझा स्वयमको रचना रहेको गीतमा विशेषगरी पाको उमेरका पुरुषको युवतीप्रतिको आकर्षणलाई देखाउन खोजिएको हाउडेमायाले बताइन् । गीतको र्याप लिरिक्स भने हाउडेमायाको रहेको छ । गीतको संगीत प्रकाश ओझाको रहेको छ भने एरेन्ज निरोज श्रेष्ठले गरेका छन् । गीतको निर्देशन वसन्त निरौलाले गरेका छन् ।
गीतको भिडियो एडिटिङ सुप्रिम पराजुलीले गरेका छन् । सो गीतमा प्रकाश ओझा, सृजना खत्री र रामशरण जंगमले अभिनय गरेका छन् । गीत ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया