२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

हुरीबतास वितण्डा : भीआईपी भीडले राहत वितरण प्रभावित

1
1
1
1
1

बारा

हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वोलिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहुँ हजारौंको संख्यामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।

‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताउनुभयो । उहांले भन्नुभयो– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’ ‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै प¥यो’, उहांले भन्नुभयो– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन ।’

प्रभावित क्षेत्रमा मंगलबार सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजपाका नेता राजेन्द्र महतो, जनमत पार्टीका सीके राउत, उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव, प्रदेश नम्बर २ का पूर्वाधारमन्त्री जितेन्द्र सोनल लगायत नेता कार्यकर्ताले स्थलगत भ्रमण गरेका छन् ।

यसअघि सोमबार दिउँसो प्रम केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहमद इस्तियका राई, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, गृह सचिव प्रेमकुमार राई, स्वास्थ सचिव चन्द्र घिमिरेलगायत ३ वटै सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुले हवाई निरीक्षण गरेका थिए ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: २० चैत २०७५ ०७:४९ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी