ललितपुरमा दुई वृद्धलाई गाडीले ठक्कर दियो, एकको मृत्यु 

ललितपुरमा दुई वृद्धलाई गाडीले ठक्कर दियो, एकको मृत्यु 

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । ललितपुरको बालकुमारीमा गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

गाडीको ठक्करबाट महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै मर्निङ वाकमा रहेका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन घाइते छन्। उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी फरार रहेको र खोजी भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo