ओली र प्रचण्ड कम्युनिष्ट नै होइनन् : ऋषि कट्टेल (भिडियो अन्तर्वार्ता )

ओली र प्रचण्ड कम्युनिष्ट नै होइनन् : ऋषि कट्टेल (भिडियो अन्तर्वार्ता )


फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दियो । यो सँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त भएको छ ।

केन्द्रविन्दु टक शोमा उनै नेकपाका अध्यक्ष कट्टेललाई कुराकानीका निम्ती स्टुडियोमा आमन्त्रण गरेका छौं । सन् २०१३ मा नेकपा गठन कालदेखि नै अध्यक्ष रहँदै आएका कट्टेल त्यसअघि नेपाल कम्युनिष्ट एकिकृतका अध्यक्ष थिए । त्यसैगरि तत्कालिन एमाले गोरखा जिल्ला कमिटीमा रहेर काम गरेका उनी २०५४ सालमा एमाले विभाजन भएपछि सीपी मैनाली नेतृत्वको मालेमा गएका थिए । 

हामीले पछिल्लो राजनीतिक अवस्था, सत्ता समीकरण र अबको राजीनिक बाटो बारेमा कट्टेलसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :
 

Logo