1
1
1

0 Shares

लगानी सम्मेलनको उपलब्धि : ३१ परियोजनामा २५ खर्बको आवेदन

1
1

काठमाडौं

लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन् । लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ छ ।

लगानी सम्मेलनमा ‘सोकेस’ गरिएका ७७ वटा परियोजनामध्ये २६ वटामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै सोकेसमा समावेश नभएका थप पाँचवटा नयाँ परियोजनामा लगानी गर्ने आवेदनसमेत विदेशी लगानीकर्ताबाट प्राप्त भएका छन् ।

हालसम्म प्राप्त आवेदनमध्ये सबैभन्दा बढी यातायात पूर्वाधारका परियोजनामा छन् । लगानी बोर्डका अनुसार यातायाततर्फ नौ वटा परियोजनामा २२ वटा आवेदन दर्ता भएका छन् । जसको कुल लागत करिब १६ खर्ब रुपैयाँ हुने उल्लेख छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेका छन् ।

त्यस्तै काठमाडौंको चक्रपथमा बस ¥यापिड ट्रान्जिट (बिआरटी) निर्माण परियोजना र बाहिरी चक्रपथ परियोजनामा चार–चार वटा, सामाखुसी–टोखा–छहरे रोड र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई–दुईवटा आवेदन दर्ता भएका छन् । काठमाडौं उयपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेन परियोजनामा एक–एक वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ ।
नागरिकबाट

प्रकाशित: ९ बैशाख २०७६ ०७:४७ सोमबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी