1
1
1
1
1

खाममा दाम बाँड्दै क्रिश्चियन धर्मको प्रचार, ५ जना पक्राउ

1
1
1
1
1
1

दाङ । प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दुई विदेशीसहित ५ जना पक्राउ परेका छन् । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवकासँगै क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री जफत गरिएको एसपी पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको एसपी पाण्डेको भनाई छ ।

अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय पत्र पठाईएको छ । एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन पाउने छैनन् । होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको एसपी पाण्डेले बताए ।

File Photo

प्रकाशित: ११ बैशाख २०७६ १७:४० बुधबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी