1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

आइतबार आएको हावाहुरीले धनुषामा भारी क्षति

1
1
1
1
1
1
1
1

धनुषा

धनुषामा आएको हावाहुरीले ठुलो परिमाणमा भौतिक क्षति भएको छ । आइतबार बिहान करिब साढे तीन बजे तिब्र गतिमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हावाहुरीका कारण विभिन्न स्थानमा फुसका घरहरु भत्किएका छन् भने ठाउँठाउँमा बिजुलीका पोल र ट्रान्सफर्मरहरु ढलेका छन् । बिजुलीका पोल र ट्रान्सफर्मर ढलेपछि विद्युत आपूर्ति ठप्प भएको छ । जनकपुर नगरभित्र दिउँसो करिव ३ बजेदेखि विद्युत आपूर्ति भएपनि ग्रामीण क्षेत्रमा विद्युत सुरु हुन केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

वितरण केन्द्रका अनुसार ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफरमरसमेत हावाहुरीले ढालेको छ । त्यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५, युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढलेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्युत प्रशारण लाइनमा तीन वटा रुख ढलेर क्षति पुगेको छ ।

हावाहुरीका कारण मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले हावाहुरीले घरटहरा भत्काउँदा करिब ३९ लाख ३८ हजार मूल्य बराबरको भौतिक क्षति भएको प्रारम्भीक अनुमान गरिएको बताए ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १६ बैशाख २०७६ ०७:२५ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी