२८ औं दिनमा अनशन तोडे डा. केसीले (फाेटाेफिचर)

२८ औं दिनमा अनशन तोडे डा. केसीले (फाेटाेफिचर)


काठमाडौं ।

अनशनरत डा गोविन्द केसीले आज अनशन तोडेका छन् । चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनशन २८ दिनमा तोडेका हुन् ।

शनिबार मध्यरातमा डा केसीको माग पूरा गर्न सरकार सहमत भएको थियो । बिहान शिक्षण अस्पतालमा अनशनमा बसेका डा केसीले शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनशन तोडेका हुन् ।

गत बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेका थिए । त्यस लगत्तै बिहीबार र शुक्रबार भएको दुई टोलीबीचको वार्ता सकारात्मक भएको भनिए पनि सफल भने भएको थिएन । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि उनीहरुबीच सहमति जुटेको हो ।

डा. केसीले ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो ।

Logo