विद्यार्थीको सपना साकार पार्न प्रतिबद्ध : सीसीआरसी कलेज (भिडियोसहित)

विद्यार्थीको सपना साकार पार्न प्रतिबद्ध : सीसीआरसी कलेज (भिडियोसहित)


काठमाडौं ।

‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै संचालनमा रहेको कलेज हो क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर अर्थात सिसिआरसी कलेज । सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल यस कलेज नेपालको शैक्षिक जगतमा सर्वाेत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको छ ।

२०७५ मा एसईइ बोर्ड परीक्षामा उच्चतम फोर जिपिए ल्याउन सफल ६ जना विद्यार्थी, यसै गरी ३.९ र ३.९५ जि.पि.ए प्राप्त गर्न सफल अन्य १५ जना विद्यार्थी हाल यस कलेजमा अध्ययनरत छन् । यस्तै २०७४ मा पनि एसईईमा फोर जिपिए प्राप्त ५ जना र ३.९ र ३.९५ प्राप्त २० जना विद्यार्थीहरुले यस कलेजमा अध्ययन गरेका छन् ।

देशभर उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल यस कलेजले असंख्य डाक्टर, ईन्जिनीयर, चार्टर एकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडी लगायतका दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । एकै वर्ष यस कलेजबाट २२ जना विद्यार्थीहरुले छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा आफूलाई अब्बल साबित गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

२०१९ मा आईओएम (महाराजगंज) ले एमबिबिएस अध्ययनका लागि लिएको प्रवेश परीक्षामा दशौं हजार विद्यार्थीहरुलाई पछि पार्दै यस कलेजका ५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति परीक्षामा नाम निकालेका छन् । यसै गरि पिएएचएस (पाटन) को छात्रवृत्ति परीक्षामा २ जना तथा बिपीकेआइ एचएस (धरान) को एमबिबिएसको प्रवेश परीक्षामा ३ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति कोटामा सफलतापूर्वक नाम निकालेका छन् ।

यस्तै सरकारले प्रदान गर्ने एमबिबिएस छात्रवृत्ति कोटाको प्रवेश परीक्षामा ११ जना विद्यार्थीले सफलतापूर्वक नाम निकालेका छन् भने जगदम्बा गुठीद्वारा एमबिबिएस अध्ययनका लागि प्रदान गरिने दुई मध्ये एक छात्रवृत्ति कोटामा यस कलेजका छात्रा प्रियङ्का शर्माले नाम निकालेर यस कलेजको शिर उच्च राखेकी छिन् ।

यस्तै वर्ष २०१९ मा ३३ जना विद्यार्थीहरुले एकै साथ आई.ओ.ई (पुल्चोक) को ईन्जिनीयरीङ्ग अध्ययनको लागि लिइने प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन् भने, २०१७/१८ मा ४१ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिसहित ईन्जिनीयरिङ्ग अध्ययन गर्न सफलता प्राप्त गरेका थिए । अरु कलेजको तुलनामा यस कलेजका विद्यार्थीहरुले सबैभन्दा बढी नाम निकाल्न सफल भएका छन् । यो सफलता हात पार्न कलेजले कक्षा ११ देखि नै प्रि मेडिकल तथा प्रि इञ्जिनियरिङ कोर्सहरु संचालन गर्दै आएको छ ।

वर्ष २०१९ मा यस कलेजका छात्राहरु अञ्जली नामी र रोशनी श्रेष्ठले चार्टड एकाउन्टेण्टको सिएपी–१ र सिएपी–२ परीक्षामा नेपाल भरि मध्येकै क्रमशः प्रथम र चौथो स्थान प्राप्त गरेका थिए । एमबिबिएस, इन्जिनीरिङ र सिएका साथसाथै कृषि, वन लगायत अधिकांश परीक्षाहरुमा यस कलेजका विद्यार्थीले सशक्त नतिजा हासिल गर्दै आएका छन् । फलस्वरुप, सिसिआरसी राष्ट्रियस्तरमै दक्ष तथा विज्ञ जनशक्ती उत्पादन गर्ने पहिलो कलेजको रुपमा स्थापित भएको छ ।

Logo