काठमाडौं ।
बृहत नागरिक आन्दोलनको प्रधानमन्त्री कार्यालय बालुवाटार मार्चमा प्रहरीले पानीको फोहोरा हानेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोधमा निस्किएको बृहत नागरिक आन्दोलनले गरेको बालुवाटार मार्चमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
बृहत नागरिक आन्दोलनको मार्च कमलपोखरीबाट सुरु भएर हात्तीसार, नागपोखरी, नक्सालहुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको झडपमा परि वरिष्ठ पत्रकार नारायण वाग्लेसहित अन्य प्रदर्शनकारीहरु घाइते भएका छन् । घाइते पत्रकार वाग्लेले प्रहरीले दमन गरेकाले अब यस्तो दमनको नागरिकहरुले जवाफ दिने बताए ।































प्रतिक्रिया