एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत रामेछापमा कमलादेवीसहित १६ विद्यालय छनोट

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत रामेछापमा कमलादेवीसहित १६ विद्यालय छनोट

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

हरेक विद्यालयमा एक नर्स एक कार्यक्रम राख्ने नीति अनुसार बागमती प्रदेश सरकारले यस वर्ष गोकुलगंगा वडा नं. ५ को कमलादेवी माध्यमिक विद्यालयसहित १६ वटा विद्यालय छनोट गरेका छन् । प्रदेश सरकारद्वारा यस आर्थिक वर्षका लागि एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत रामेछापका १६ वटा विद्यालय छनोट भएका हुन् ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका विभिन्न विद्यालय छनोट गर्ने काम गत बर्षदेखि सुरु गरेको थियो । यस वर्ष भने यो कार्यक्रम थप विस्तार गरेको छ।

छनोट हुने विद्यालयहरुमा रामेछापको उमाकुण्ड गाउँपालिकाको सिद्देश्वर मावि, बाम्ती र कैलेश्वर मावि, गुप्तेश्वर, गोकुलगंगा गाउँपालिको शारदा मावि, ठोसे र कमलादेवी मावि, नामाडी, लिखु तामाकोसी गाउँपालिकाको सहिद स्मृति मावि, सैपु र नवदर्शन मावि तिल्पुङ छनोट भएका छन् ।

त्यस्तै, रामेछाप नगरपालिकाको हिमगंगा मावि साँघुटार र गौरीशंकर मावि, रामेछाप, मन्थली नगरपालिकाको नीलकण्ठेश्वर मावि, कठजोर र सैतीदेवी मावि, सालु, खाँडादेवी गाउँपालिकाको प्रगतिशिल मावि, भिरपानी र माध्यामिक विद्यालय, राकाथुम, दोरम्बा गाउँपालिकाको काकलिङ उच्च मावि, दोरम्बा र कण्ठेश्वर उच्च मावि, टोकरपुर, सुनापती गाउँपालिकाको बाल मावि, भिरकोट र डहु मावि , डहु बेथान छनोट भएका छन् ।

Logo