काठमाडौं ।
चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल टिचिङ पुगेका छन्।
सोमबार नेपालगञ्ज आइपुगेका डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौं ल्याइएको हो। आफूले काम गरेर अवकाश पाएको त्रिवि शिक्षण अस्पताल टिचिङमा बसेर सत्याग्रह गर्ने तयारी गरिरहेका केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेको थियो ।
डा. केसीको चाहना विपरित सुरक्षाकर्मीले ट्रमा सेन्टरमा लगेको भन्दै आपत्ति जनाएका थिए । डा. केसी सहयोगी प्रीतम सुवेदीका अनुसार ट्रमा सेन्टरबाट आफैं डिस्चार्जको घोषणा गरेर टिचिङ पुगेका हुन् । डा. केसीलाई अपहरण शैलीमा सुरक्षाकर्मीले विमानस्थलबाट ट्रमा सेन्टरमा लगेको भन्दै चौतर्फी विरोध भएको थियो ।
जुम्लाको एक मन्दिरमा अनशन बसेका डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौं ल्याइएको हो। नेपालगञ्जमा उपचार गर्न नमानेका केसीले काठमाडौं आएर पनि अनशनलाई निरन्तरता दिएका छन् । नेपालगञ्ज र ट्रमा सेन्टरमा कुनै उपचार लिन नमानेका केसीले टिचिङ पुगेरसमेत उपचार लिने सम्भावना छ।
‘म अहिले कुनै पनि उपचारदेखि लिएर रगत, पिसाब जाँच, ब्लड प्रेसर नाप्नसम्म गर्न दिन्न’, डा. केसीले ट्रमा सेन्टरमा पूगेपछि भनेका थिए, म कुनै स्लाइन पनि लिन्न।’अन्नपूर्णबाट































प्रतिक्रिया