६ महिना बित्दा पनि पाएनन् सुरक्षाकर्मीले प्रोत्साहन भत्ता

६ महिना बित्दा पनि पाएनन् सुरक्षाकर्मीले प्रोत्साहन भत्ता


काठमाडौं ।

अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले दिने घोषणा गरेको प्रोत्साहन भत्ता तथा खाजा खर्च ६ महिनासम्म दिइएको छैन ।

गत चैतमै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । अन्य स्रोत–साधनका लागि समेत पर्याप्त बजेट प्राप्त नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सरकारले निजामती कर्मचारी तथा सुरक्षाकर्मीको कोरोना बीमा गरेको छ । तर, बीमा गर्नुभन्दा अघि संक्रमित कर्मचारी तथा सुरक्षाकर्मीको हकमा के हुने भन्ने अन्योल छ । नेपाल प्रहरीले १२ भदौदेखि लागू हुने गरी सबै कर्मचारीका बीमा गरेको थियो । त्यसअघि नै करिब एक हजार प्रहरी संक्रमित भइसकेका थिए । उनीहरूको हकमा छुट्टै निर्णय गर्ने बताइएको थियो । तर, अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । नयाँ पत्रिकाबाट

Logo