काठमाडौं ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् ।
नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए।
आइसोलेसनमा बसेका उनी कोरोनामुक्त भएपछि बुधबार अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।





























प्रतिक्रिया