काठमाडौं ।
विगत लामो समय यता सामाजिक सेवामा अनवरत रूपमा खटिएको संस्था ‘नेपाल स्काउट’ कोभिड–१९ को महामारीका समयमा पनि उतिकै सक्रिय छ । विभिन्न सामाजिक गतिविधीमा आफ्नो अब्बल र उल्लेख्य उपस्थिति जनाउँदै आएको यस संस्थाले हाल महामारीबाट बँच्नका लागि अपनाउनु पर्ने उपाय तथा सर्वसाधारणहरूले सावधानीका लागि निरन्तर काम गर्दै आएको छ ।
विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानका अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरणमा लागि परेको यस संस्थाले हाल कोरोना भाइरसविरुद्ध जनचेतना जागरण गर्नुलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।
भाइरस नेपाल प्रवेश गर्नु अगावैबाट जनचेतनामूलक काम गर्दै आएको स्काउटले सुरुमा ‘ह्याण्ड स्यानेटाइजेसन स्टेसन’ स्थापना गर्ने, संक्रमितहरूको व्यवस्थापन, क्वारेन्टाइन निर्माण, होल्डिङ सेन्टर निर्माण, अस्पतालहरूमा स्वाब संकलन, स्वाब संकलन तथा त्यसलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर आइसोलेसनमै गएर स्वयंम् सेवा गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका शव व्यवस्थापन लगायतमा स्काउटले आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै आएको छ ।
यसका साथै सरकारले घोषणा गरेको लकडाउन तथा निषेधाज्ञाका बीचमा पनि नेपाल स्काउट मानव तथा पशुपन्छीहरूलाई समेत खानाको व्यवस्थामा जुटेको थियो । हाल १५ दिने अभियान अन्तर्गत स्काउटले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपूर र ललितपुरमा हरेक दिन एसएमएस (स्यानिटाइजर, मास्क, सोसल डिस्टेन्स मेन्टेन) विषयक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् नेपाल संस्थाका संयोजक लोक बहादुर भण्डारी । उक्त अभियानलाई ‘एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन’का रूपमा सञ्चालन गरिएको भण्डारीको भनाइ छ ।





























प्रतिक्रिया