0 Shares

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने

काठमाडौं

सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नेछिन् । संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नेछन् । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्नेछ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि सर्वसाधारण सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ ।

प्रतिनिधिसभाको बैठक आजै शुक्रबार ६ बजे र राष्ट्रियसभाको बैठक साढे ५ बजे बोलाइएको छ ।

प्रकाशित: २० वैशाख २०७६ ०७:२१ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी