काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर ६ महिना लकडाउन तथा निषेधाज्ञा हुँदा बन्द रहेको लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सरकारले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डसहित लामो छोटो दुरीका यातायात र आन्तरिक हवाई उडान खुल्ला गर्न निर्णय गरेको हो।
त्यस्तै, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने पनि निर्णय भएको छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा कुनै पनि निर्णय भएन ।





























प्रतिक्रिया