काठमाडौं उपत्यकामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १३३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ७६७, भक्तपुरमा ९ हजार १८० र ललितपुरका १५ हजार ९२९ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ८७६ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० जना पुगेको छ । आज २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ४३ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ४१३ जनाको परीक्षण गरिएको छ।

Logo