हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको र मौसम सामान्य रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको साथै हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भने तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू-भागहरूका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
समाजप्रकाशित: १५ चैत २०७८ ०७:०६ मंगलबार