काठमाडौंमा ‘राजद्रोही राजनेता’ प्रदर्शन हुने

काठमाडौंमा ‘राजद्रोही राजनेता’ प्रदर्शन हुने


राजधानीमा ऐतिहासिक ‘राजद्रोही राजनेता’ वृत्तचित्रको विशेष प्रदर्शनी हुने भएको छ । वृत्तचित्र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा आधारित छ । 

सुशील कोइराला मेमोरियल फाउण्डेशन र अन्वेषण न्यूजको सहकार्यमा तयार पारिएको हो । डकुमेन्टीको प्रदर्शनी वैशाख ६ गते हुँदै छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा विहान साढे १० बजे प्रदर्शन सुरु हुने जनाइएको छ । 

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको निर्माणकर्ताले जनाएका छन् ।

Logo