दमकको मेयरमा गठबन्धनको अग्रता कायमै

दमकको मेयरमा गठबन्धनको अग्रता कायमै


झापाको दमक नगरपालिकाको मेयर पदमा राप्रपा कांग्रेस र माओवादी गठबन्धनले अग्रता कायमै राखेको छ ।

गठबन्धनका रामकुमार थापाले एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई ४९ मतले पछि पार्दै अग्रता लिएका हुन् । ५ हजार ६ मत गणना हुँदा गठबन्धनका थापाले २ हजार १ सय ८५ मत ल्याएका छन् भने एमालेकी अधिकारीले २ हजार १ सय ३६ मत ल्याएर पछ्याइरहेकी छन् ।

 त्यस्तै उपमेयर पदमा पनि गठबन्धनकी उम्मेद्वार रेगिना भट्टराईले २ हजार १ सय ३८ मतका साथ अग्रता लिएकी छन् । उनलाई पछ्याइरहेका एमालेका अम्वीका प्रसाद खनालको १ हजार ९ सय ७७ मत पाएका छन् । 

Logo