रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कुन ठाउँमा कसले जित्यो ?

रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कुन ठाउँमा कसले जित्यो ?


स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले एक वडामा जितेकाे छ । 

कालिका-१ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ मा एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ । 

यस्तै, गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ ।

गोसाइँकुण्ड–१ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले तीन सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले तीन सय ६५ मत ल्याए । 

गोसाइँकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले एक सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए ।

गोसाइँकुण्ड–३ मा नेपाली एमालेका मिङमर छिरिङ तामाङले  दुई सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार  तामाङले एक सय ६७ मत ल्याए । 

गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले नाै सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए । 

नौकुण्ड–१ मा नेपाली कांग्रेसका कान्छा तामाङले पाँच सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले तीन सय ८६ मत ल्याए । 
नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले चार सय ६५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले तीन सय ३४ मत ल्याएर पराजित भए ।  

उत्तरगया–१ मा नेकपा एमालेका मारसिङ तामाङले पाँच सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले चार सय ९६ मत ल्याए ।

उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले तीन सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले दुई सय ९९ मत ल्याएर पराजित भए ।  

उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले चार सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले चार सय २१ मत ल्याएका छन् । 
कालिका–१ मा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए ।

कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले नाै सय सात मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले सात सय ६६ मत ल्याए ।

आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा एमालेका साङ लामा तामाङले दुई सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले दुई सय ४८ मत ल्याए । 

आमाछोदिङ्मो गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले दुई सय ५७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए । 

आमाछोदिङ्मो–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले तीन सय २८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले दुई सय ८१ मत ल्याए ।  
 

 

 

Logo