1
1
1
1
1

0 Shares

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

1
1
1
1
1
1

बर्दिया,

आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ ।

बर्दियाको मधुवन र बर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।

पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए ।

थानी निर्माण सेवा काठमाडौंले पुल निर्माणको काम गरिरहेको छ । निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २१ जेठ २०७६ ०६:५८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी