लेनदेनको बिषयमा विवाद हुँदा झापाको झिलझिलेमा एक जनाको हत्या भएको छ।
स्थानीय मनकुमार लिम्बुले २८ वर्षीय गोमनसिंह मगरको घाँटी रेटेर हत्या गरेका हुन्। उनीहरू दुई जना साथी भएको प्रहरीले जनाएको छ। घटना गत भदौ १६ गते भएको हो।
अभियुक्त लिम्बुले हत्या स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया