1
1

शंखमुलमा आगलागी, एकजना घाइते

1
1
1

काठमाडौंको शंखमुलमा आगलागी भएको छ । शंखमुलस्थित शानदार मःम पसलमा आगलागी भएको हो ।

टेकनारायण श्रेष्ठले संचालन गरेको मःम पसलमा ग्याँस लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरको भुइँतला पूरै जलेको छ । आगालागीमा परी पसलमा कार्यरत रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । आगलागीपछि भित्रै फसेकी एक महिलाको भने आगो निभाएपछि मात्रै उद्धार गरिएको छ ।

काठमाडौं र भक्तपुरको दमकलले आगो निभाएको हो ।

प्रकाशित: २८ जेठ २०७६ १५:१७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी