वामपन्थी एकता आवश्यक छ, मुख्य नेताले नै एकताको महत्व बुझेनन् : झलनाथ खनाल

वामपन्थी एकता आवश्यक छ, मुख्य नेताले नै एकताको महत्व बुझेनन् : झलनाथ खनाल


नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गरे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । ’ 

Logo