ललितपुर ।
ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।
विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले कडाइ गरेको हो । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।
यता गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।





























प्रतिक्रिया