गगन थापाले भने- एकैपटक धेरै आयोजना अघि सार्दा एउटा पनि नबन्ने अवस्था आउँछ

गगन थापाले भने- एकैपटक धेरै आयोजना अघि सार्दा एउटा पनि नबन्ने अवस्था आउँछ


नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताए ।

उनले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताए । 

सद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको सास्तीबारे फेहरिस्त प्रस्तु गरे । उनले सडक समयमै बनाउन भन्दै निर्माण व्यवसायीको घरमा पुगेको, सडक कार्यालयमा धर्नासमेत दिइएको स्मरण गरे ।

उनले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गरे । फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गरे ।

फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उनले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाउन सुझाव दिए । फोहोर व्यवस्थापन गर्न अर्बौ रुपैयाँ चाहिने भएकाले उनले फ्लाइओभर र अन्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह गरे ।

Logo