उपत्यकामा निषेधाज्ञा थप : के-के सञ्चालन गर्न पाइन्छ ? (भिडियाे)

उपत्यकामा निषेधाज्ञा थप : के-के सञ्चालन गर्न पाइन्छ ? (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिए बाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो ।

आज उक्त समय सकिन लागेकाले केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधको आदेश थपिएको हो । भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशन बमोजिम आदेश जारी गरिएको हो ।

Logo