बैंकर अनलराजको परिवारमा ७ जनालाई संक्रमण, अन्तत: सबैले जिते कोरोना

बैंकर अनलराजको परिवारमा ७ जनालाई संक्रमण, अन्तत: सबैले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बैंंकर अनलराज भट्टराईको परिवारमा ७ जनाले कोरोना भाइरसबाट मुक्ति पाएका छन् ।

गत साउन २६ गते बैंकर भट्टराईको परिवारलाई कोरोना पुष्टी भएको थियो । उनको ससुरा बाको कोरोनाकै कारण दुःखद मृत्यु भयो ।
यतिबेला उनको परिवार एकातिर ससुरा बाको शोकमा छन् भने अर्कातिर परिवारका सबै जना कोरोना मुक्त हुँदा खुशी पनि छन् । बैंकर भट्टराईको परिवारले कोरोनाविरुद्धको लडाँइमा कसरी सफलता हात पारे त ?

प्रस्तुत छ, भट्टराईकै शब्दमा तयार पारिएको यो सामाग्री। 

सुुरुमा हाम्रो परिवारका सबै सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि केही समय त डर नै लाग्यो । हामी सबैमा डर नै थियो । हामी परिवारका सबै सदस्य छुट्टाछुट्टै कोठामा बसेका थियौँ । कोठामै एटेज बाथरुम भएकाले हामीलाई त्यस्तो कुनै समस्या आएन ।

हामी कुराकानी गर्दा पनि भाइबर र म्यासेन्जरको माध्यमबाट गथ्र्याै । सुरुमा हामी सबैमा डर त्रास भएपनि पछि सबैमा सकारात्मक भाव र आत्मबलका साथ बस्यौँ । त्यसले गर्दा हामीलाई त्यस्तो साह्रो गाह्रो भएको अनुभूति भएन । परिवारका सबैलाई पोजेटिभ मात्रै देखिएको हो । कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् । खानपानका लागि पनि हामीले विशेष व्यवस्था मिलाएका थियौँ । हाम्रो घरमा तीनवटा फ्लोर छन् । म चाँही नेगेटिभ थिएँ । भ¥याकको बीचमा खाने कुरा राखेको हुन्थ्यो । मैले त्यहाँबाट उठाएर अर्काे ठाउँमा लगेर छोडिदिन्थेँ । म मात्रै २०० स्क्वायर फिटमा हिडेँ । माथि कौशीमा हामीले प्रयोग गरेका सामानहरु नष्ट हुने गरी व्यवस्था मिलाइएको थियो ।

ससुरा बालाई सामान्य सुगर मात्रै थियो । अन्य रोग थिएन । उहाँ स्वस्थ नै हुनुहुन्थ्यो । दैनिक आधा घण्टा हिड्नु हुन्थ्यो तर उहाँलाई बचाउन सकिएन ।

कोरोना जित्न सबैभन्दा पहिले आत्मबल बलियो बनाउनुपर्छ । त्यसका साथै सकारात्मक सोच्नुपर्छ । कोरोनाको महामारीले अहिले सबैजना निकै डराइरहेको अवस्था छ । कोरोना जित्न डर होइन, आत्मबल र सकारात्मक सोच चाहिन्छ । हामीले त्यसैका कारण नै कोरोना जित्न सफल भएका हौँ । डराउनु पर्दैन तर सचेत चाँही रहनुपर्छ ।

हामी कोठामा बस्दा केही समय आत्तिए पनि पछिल्ला केही दिनहरुमा सामान्य नै लाग्यो । त्यसैले यसबाट डराउनुपर्ने कुनै आवश्यकता नै छैन । सकिन्छ भने समाजका सबै व्यक्तिले एक अर्कालाई सहयोग गर्ने वातावरण बनाउनुपर्छ । राम्रो खानपान, आत्मबल र सकारात्मक साँच भन्दा अरु उपचार छैन कोरोनाको । मलाई यस्तो रोग लाग्यो भनेर लुकाउनुपर्ने पनि कुनै जरुरी छैन । मलाई चाँही भन्न मन लाग्यो कोरोना जित्न त्यति कठिन छैन । यस विषयमा सबैलाई सकारात्मक सन्देश दिन जरुरी छ । त्यसैले मैले युट्युवमा पनि मेरो सन्देशहरु राखेको छु । त्यो सन्देश थुप्रै मान्छेले हेरेका छन् ।

हाम्रा यिनै प्रयासले अरुलाई प्रेरणा र हौसला हुन्छ । हामीले मल्टीभिटामिन, जिंक, भिटामिन सी र ई गरी चार ट्याब्लेट प्रत्येक दिन एक एक वटा खायौं । हप्तामा एकचोटि भिटामिन डीको पनि सेवन ग¥यौँ । सकेसम्म आँफुलाई तन्दुरुस्त राख्ने प्रयत्न गर्यौं । रोगसँग लड्ने क्षमतामा वृद्धि होस भनेर ज्वानो, बेसार,गुर्जु, मह र तुलसीको पात पानीमा राम्रोसँग पकाएर खायौँ । यसले हामीलाई थप तन्दुरुस्त बनायो । यस्तो बेलामा हामी निकै व्यस्त रहने प्रयत्न ग¥यौँ । आफन्तहरुसँगमा पनि प्रशस्त मात्रामा कुरा गर्ने,टीभी तथा मोबाइलमा बिजी रहने गर्यौं  ।

त्यसले हामीलाई मनमा कुनै प्रकारका कुरा खेल्न पाएन । हामीलाई रोगका कुनै लक्षण नै देखा नपरेकाले हामीलाई यस्तो समस्या भएको छ भन्ने पनि महसुस हुन दिएनौँ । हामीले समाचारहरु पनि सकारात्मक मात्रै खोजेर पढ्ने हेर्ने गर्यौं । यी विभिन्न कुराले हामीलाई सकारात्मक बनायो,बलियो र आत्मविश्वासी बनायो ।

यसरी फैलियो त्रास

कोरोनाका कारण त्रास किन फैलियो भन्दा सुरुमा यो देखापर्ने वित्तिकै लकडाउन भयो । सामाजिक दुरी कामय गर,यो गर त्यो गर भनेर भनियो । सुरुमा यसको प्रचारप्रसार नै नकारात्मक रुपमा भयो । जसले गर्दा अहिले संसार त्रासमा छ ।

अहिले सामाजिक आत्मीयता भन्दा पनि सामाजिक दुरी चाँही कसरी बनाउन सकिन्छ भन्ने तर्फ सबैको सोच गयो । यसले गर्दा त्रासकै अवस्थामा रह्यो । तर त्रास भन्दा पनि कसरी बच्ने कसरी बचाउन सकिन्छ भन्ने कुरा लकडाउनकै अवधिमा गरिनुपथ्र्यो । त्यसको प्रचारप्रसार भएन । मात्रै यसको औषधि छैन,यसको उपचार गर्न सकिँदैन भन्ने नकारात्मक कुराको मात्रै प्रचारप्रसार गरियो ।

संसारभरी हेर्ने हो भने कोरोनाका कारण भएको मृत्युदर २÷३ प्रतिशत भन्दा पनि कम छ । रिकभरी प्रतिशत ८० भन्दा माथि छ । त्यो सन्देश त जानुप¥यो नि । त्यो सन्देश गएन । मात्रै नकारात्मक रुपमा गयो । हामी अब फोकस हुने भनेकै सकारात्मक सूचनामा गर्नुपर्छ । अहिले सरकारले सरकारले दिने गरेको सूचनाको शैली पनि ठिक छैन । कति संक्रमित बढे ,कति मरे भन्दा पनि कति निको भए ? कसरी निको भए भन्ने सकारात्मक हिसाबले सूचना दिनूपर्छ । सरकारको पत्रकार संमेलनको शैली नै परिवर्तन गर्नुपर्छ । अनि मात्रै आम मानिसमा आत्मबल बढ्छ ।

म सबैलाई के अनुरोध गर्न चाहान्छु भने हामी कोही पनि कोरोनासँग नडराउ तर सुरक्षित चाँहि रहनुपर्छ । आफुलाई कोरोना लागेको शंका लागेको छ भने टेष्ट गर्ने, आइसोलेसनमा बस्ने, नडराउने र आत्मबल बलियो बनाउने गर्नुपर्छ । तर रिपोर्ट नआउञ्जेल भने कतै हिँडडुल गर्नु हुँदैन । यदि आँफुलाई कुनै समस्या रहेछ भने अरुलाई सर्न सक्छ । त्यसैले सकेसम्म अरुलाई संक्रमणबाट जोगाउने प्रयास गर्नुपर्छ ।

भिडियो संदेश

 

Skip This
Skip This
Logo