काठमाडौं उपत्यकामा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १०९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ६६४, भक्तपुरमा ९ हजार १७५ र ललितपुरका १५ हजार ९०४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ७४३ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० जना पुगेको छ । आज २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९९४ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ३८ हजार ८४२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५४१ जनाको परीक्षण गरिएको छ।

Logo