२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

पेस्तोल र एसएलआरको गोलीसहित ३ जना पक्राउ

1
1
1
1

धरान,

प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १५ का ३९ बर्षीय सरोज गुरुङ र धरान ११ बाट भोजपुरको आमचोक गाउँपालिका ६ वास्तविक ठेगाना भएका २९ बर्षीय विजय राई र भोजपुरकै हतुवागढी गाउँपालिका २ घर भएका सुरेश राई रहेका छन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले बिहिबार सार्वजनिक गर्दै उनीहरु कुन कुन घटनामा संलग्न छन् भन्ने अनुसन्धानको क्रममा रहेको जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये विजय राई भगौडा प्रहरी हुन् । पक्राउ परेकाहरु लागुऔषधको कारोबारी पनि भएको प्रहरीको दाबी छ ।

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले झण्डै एक महिनादेखिको निगरानी, सुक्ष्म अनुसन्धान पछि बुधबार राती सर्च अप्रेशन गरिएको बताए।
नागरिकबाट

प्रकाशित: १३ असार २०७६ ०७:४६ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी