भीआईपीमा समेत कोरोना पुष्टिदेखि जापानी प्रधानमन्त्रीद्वारा राजीनामासम्म (भिडियोसहित)

भीआईपीमा समेत कोरोना पुष्टिदेखि जापानी प्रधानमन्त्रीद्वारा राजीनामासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पछिल्लो समय भीआईपीहरूमा पनि कोरोना संक्रमण पुष्टि हुन् थालेको छ । शुक्रबार मात्रै उद्योगपती एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । साथै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि कोरोना संक्रमितको सम्पर्कमा आएको भन्दै होम आइसोलेसनमा बसेका छन् ।

सत्तारुढ दल नेकपाको भोलि बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दुई अध्यक्ष बीच भएको बैठकले भदौ १८ गतेसम्मका लागि सचिवालय बैठक स्थगित गर्ने निर्णय गरेकोे हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अझै अर्थमन्त्रीमा निरन्तरता पाउँछन कि पाउँदैनन् भन्ने चासोको विषय बनेको छ । संघीय संसदका सदस्य नभएका कारण यही भदौ २० गते छ महिने पदावधि पूरा हुँदै गर्दा डा. खतिवडाले अझै निरन्तरता पाउँछन कि पाउँदैनन् भन्ने चासोको विषय बनेको हो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गरे पनि बिहानी बजारमा भने भीडभाड बढेको छ । प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खाद्यान्न पसल खोल्न दिने निर्णय गरेसँगै बिहानी पसलहरुमा भीडभाड बढेको हो ।

स्वास्थ्यमा समस्या आएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामाको घोषणा गरेका छन् । जापानको सरकारी प्रसारण संस्था एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफू अस्वस्थ्य हुँदाहुँदै पदमा बसिरहन उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री आबेले अस्वस्थताका कारण राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo