११ कात्तिक २०७८ बिहीबार

भारतिय दबाबका बाबजुद् कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ,

विगत चारदिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले सप्तकोशीमा पानीको बहाव निकै नै उच्च भएको छ । गएराति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० क्यूसेक पुगेको छ ।

कोशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव हुनु लाई खतराको संकेत मानिन्छ तर शनिबार दिउसो दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव पुगेको थियो भने राती सम्म ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

यसरी पानीको सतहले सिमा नाघेपछि सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको हो ।

कोशीका ३६ वटा ढोकाहरु खोलिएपछि भारतले भने विहार डुबानमा परेको भन्दै ढोका बन्द गर्न दवाव दिएको थियो । सशस्त्र प्रहरी बल भण्टावारीले दिएको जानकारी अनुसार भारतले दबाब दिएपनि ब्यारेजको भार थाम्न नसक्ने अवस्था आएकाले सबै ढोकाहरु खुल्ला गरिएका हुन् ।

प्रकाशित: २९ असार २०७६ ०७:५१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी