अन्य

मनसुन कमजोर बन्दै, कहाँ कति पानी पर्‍यो ?

15 Shares

मनसुन आजबाट कमजोर बन्दै गएको छ । शुक्रवारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले न्यूनचापीय रेखा नेपालको तराई भू–भागमा रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने बताए । मौसमविद् श्रेष्ठले भोलिबाट यो प्रणाली दक्षिल तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने बताए ।

आज देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा १.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ३७.०, दिपायलमा १९.०, विराटनगरमा १२.०, नेपालगञ्जमा ६४.०, जुम्लामा २.०, दाङमा, २०.० र सिमरामा ७०.० मिलिमिटर वर्षा मापन गरिएको छ ।

भोलि देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहेको छ । खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै मंगलवार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित: २९ असार २०७६ १७:०७ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी