काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार (आज) दुई अध्यक्षबीच भएको छलफलले भोलि बस्ने भनिएको सचिवाय बैठक स्थगित गर्ने निर्णय गर्दै भदौ १८ गतेको लागि सारिएको बुझिएको छ ।
बैठक स्थगित गर्नुको मुख्य कारण कोरोना भाइरसको त्रास भएको बताइएको छ । आज प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको थियो । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता भएको हो ।
नेकपाभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । उक्त विवाद समाधान गर्न गत साउन ३० मा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, जनार्दन शर्मा, पम्पा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका थिए ।
पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र दाहाललाई गत भदौ ६ गते (शनिबार) साँझ प्रतिवेदन बुझाएको थियो ।





























प्रतिक्रिया