२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या

1
1
1
1
1
1

बाजुरा,

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिकाको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए ।

उनका अनुसार भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बालिकाको हत्या गरेका हुन् । तीब्र दबाबपछि उनलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । बुवा देब चदाराले चौकीदारी गर्ने घरमा उक्त घटना भएको हो । उक्त घरमा बसिमले होस्टल सञ्चालन गर्दै आएका छन् भने बालिकाकी आमा उक्त होस्टेलमा खाना पकाउने काम गर्दै आएकी थिइन् । बालिका आमाबुबासँगै बस्दै आएकी थिइन् ।

परिवारका सदस्यका अनुसार अभियुक्त बसिमले आफैंले सञ्चालन गरेको होस्टेलमा बालिकालाई बलात्कारको प्रयास गरेका थिए । बलात्कार गर्दा चिच्याएपछि घाँटी थिचेर हत्या गरेको परिवारको दाबी छ । चौकीदारी गर्दै आएका बालिकाका बुबाले छोरीलाई बेहोस अवस्थामा फेला पारेका थिए । एसएसपी अधिकारीले पनि सोही घरमा होस्टेल चलाउँदै आएका बसिमले बलात्कारको प्रयासपछि हत्या गरेको पुष्टि गरे ।

छोरीको हत्या भएको खबर पाएपछि देब चदाराले भारतस्थित विभिन्न नेपाली संघ, संगठन नेपाली र राजदूतावाससँग सहयोग मागेका थिए । अन्य नेपालीको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंहले बताए ।

बलात्कारको प्रयासपछि हत्या गरिएकी बालिकाको न्यायका लागि चौतर्फी दबाब बढेको छ । हत्यारालाई कारवाही तथा पीडितलाई न्यायको माग गर्दै सामाजिक सञ्जालदेखि उच्चस्तरीय संयन्त्रले दबाब बढाएका छन्। देशविदेश चारैतिर न्यायका लागि अपिल गरिएको छ। घटनाको कारवाहीमा भारतीय प्रहरी संवेदनशील नभएपछि नेपालीहरुले जनदबाब बढाएका छन् ।

यता जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद लालबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर आवश्यक पहल गर्न अनुरोध गरेका छन् । विदेशी भूमिमा गएर अन्यायपूर्वक जीवन बिताउनु पर्ने अवस्थाको अन्त्य र बालिकाको आत्माको न्यायका लागि सरकारी पहल हुनुपर्ने माग थापाले मन्त्री ज्ञवालीसँग राखेका छन् । भेटपछि सांसद थापाले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीजीले घटनाबारे अध्ययन तथा उच्चस्तरीय छलफल गर्ने आश्वासन दिनुभएको छ ।’
नागरिकबाट

प्रकाशित: ११ साउन २०७६ ०५:५१ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी