काठमाडौं, २९, पुस
केन्द्रविन्दु समाचारदाता
चक्रपथ सरसफाइ महाअभियानको आज ४० औं हप्ता पुरा भएको छ । आजको कार्यक्रम सुकेधारा क्षेत्रमा भएको हो । कार्यक्रममा ग्रीन सिटि हस्पिटलका अध्यक्ष एलबि टण्डन, सिएनएन हिरो अनुराधा कोइराला , नेपाली सेनाका क्याप्टेन राधेश्याम डंगोल, प्रहरीका सई मिलन सिंह , भद्रगोल टेलिश्रृंखलाका चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे ) लगायतको उपस्थिति रहेको थियो।
भिडियो हेर्नुहोस्
यसैगरी विभिन्न पेसा व्यवसाय गर्ने देखि सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम हामीले नगरे कसले गर्छ भन्ने नाराका साथ सुरु भएको थियो । अभियानमा उपस्थित अनुराधा कोइरालाले भनिन् हामी एक छिन अरुको नजरमा खराब भएर केहि हुँदैन, कसैले फोहोर गरे भनिहाल्नु पर्छ । नत्र भने सधैं यस्तै हो । कार्यक्रम ग्रीन सिटि हस्पिटलको आयोजनामा भएको हो ।
प्रतिक्रिया