गोरखा । कुकुर र चितुवाबीच डेढ घण्टा लडाई हुँदा चितुवाको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यु भएको हो । बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भिडन्त भएको थियो ।
स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यु भएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
बाख्रा खान आएको चितुवा र उन्नत जातको कुकुरबीच दोहोरो भिडन्त भएको हो । बाख्रा फाराममा साना ठूला गरेर छ वटा कुकुर थिए। एउटा कुकुर पनि मरेको छ । दुईटा कुकुर घाइते भएका छन् ।
प्रतिक्रिया