शुक्रबारबाट जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव राख्ने क्रम सुरु भएको छ ।
ओलीको राजनीतिक प्रतिवेदनमाथि सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समूह बनाइएको थियाे । हाल समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताइएकाे छ ।
समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ ।































प्रतिक्रिया